arrow

कोशीमा डुंङ्गा पल्टियो, २२ को सकुशल उद्धार, केही अझै वेपत्ता

logo
प्रकाशित २०७३ असोज १ शनिबार
Sunsari-hamrakura-237x300.jpg.jpeg
सुनसरी । सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर–५ राजावासा आउँदै गरेको डुङ्गा कोशी नदीमा पल्टिएको छ । करिव ६० जना यात्रु सवार रहेको भनिएको डुङ्गा पल्टिएको सुनसरी प्रहरीले जनाएको छ ।
 
ढुंगामा सवार २२ जनाको सकुशल उद्धार भएको बताइएको छ । एसपी पोषराज पोखरेलका अनुसार डुंङ्गा सवार अन्यको अवस्था यकिन भएको छैन । यद्यपि, केही व्यक्ति हराएका बताइएको छ ।  
 
उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको खटिएको छ । डुङ्गा शनिबार मध्यान्ह करिब साढे १२ बजे कोशीमा पल्टिएको हो । साप्ताहिक हाटबजारका लागि हटियाहरु प्रकाशपुर आउँदै गर्दा डुङ्गा दुर्घटनामा परेका प्रहरीले जनाएको छ । सुनसरी प्रकाशपुर –३ र ४ मा पर्ने श्रीलंका टापुमा बसोबास बाक्लो छ ।
 
उनीहरु हाट बजारका लागि प्रकाशपुर–राजावासा आउने गर्दछन् ।श्रीलंका टापुका स्थानीयले काम गर्न जान कोशी नदी तर्नै पर्ने हुन्छ भने, कोशी नदी तर्ने एक मात्र माध्यम डुङ्गा हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ