arrow

अरुका लागि संविधान संशोधन हुन सक्दैन : ओली

logo
प्रकाशित २०७३ असोज १ शनिबार
oli-new-pic.jpg.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन् ।  
 
मोतिदेवी जेष्ठ नागरिक आवास गृहको शनिबार नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा उद्घाटन गदै ओलीले संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनु पर्ने धारणा राखे। 
 
अध्यक्ष ओलीले संविधान अनेकथरिसँग सम्झौता गरेर बनाइएकाले अहिले केहीले देशभित्र र बाहिर संविधान संशोधन र स्वीकार्य भन्ने शब्द चट्की र षड्यन्त्रपूर्वक रुपमा उठाइरहेको बताए । 
 
अरुको एजेन्डामा संविधान संशोधन गर्ने प्रयास भइरहेको बताउँदै ओलीले त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने उल्लेख गरे । 
 
जतिसुकै सम्झौता होस् जुनसुकैसँग होस् तर नेपाली जनताले राष्ट्रिय हितका लागि काम गर्छन्, उनले भने, ‘हामी त्यस्ता जुनसुकै ठाउँमा नेपालको हित विपरीत गरिएको जोसँग सम्झौता गरेपनि कार्यान्वयन हुन दिने छैनौँ ।’ 
 
अध्यक्ष ओलीले नेपाल देश नेपालीले नै चलाउने बताउँदै अरुको आवश्यकता नपर्ने जिकिर गरे । ओलीले अहिलेको सरकारले अर्काको एजेन्डाको भारी बोकेको र राजनीतिक रुपमा द्वन्द र भिडन्तमा देशलाई लैजान खोजेको आरोप लगाए । 
 
कार्यक्रममा एमाले उपाध्यक्ष तथा केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतिदेवी श्रेष्ठले देखाएको बाटोमा लाग्नुपर्ने धारणा राख्दै सामाजिक र आर्थिक रुपान्तर गर्नुपर्ने बताइन् । 
 
कांग्रेसका सांसद ध्यानगोविन्द रञ्जित, राप्रपा नेपालका नेता तथा पूर्व सांसद विक्रमबहादुर थापाले मोतिदेवीले नेपाली कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको चर्चा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ