arrow

पशुपतिको वनकालीमा असोज ३ देखि विश्व जागरण पितृमोक्ष

logo
प्रकाशित २०७३ असोज १ शनिबार
dharmik-prabachan-wala-ko-p-meet.jpeg
काठमाडौं । विश्व जागरण महायज्ञ अभियान ट्रष्टले पशुपतिको वनकालीमा असाय बालबालिकाको रक्षार्थ चितवनको देवघाटमा निर्माण भइरहेको ४० कोठे भवन निमार्णको लागि पशुपतिको वनकालीमा असोज २ देखि १४ गतेसम्म महायज्ञ गर्ने भएको छ । 
 
शनिबार रिपोर्टर्स क्लबमा महाअभियान ट्रष्टले पत्रकार सम्मेलन गरेर “संस्कृति शिक्षा जातिमा होइन रोजाई” मा भन्ने नाराका साथ पशुपतिको वनकालीमा असोज ३ देखि १४ गतेसम्म श्रीमद््भागवत् महापुराण पितृमोक्ष मुखाकृत कार्यक्रम ईश्वरकृष्ण महाराजबाट वाचन हुने जनाएको हो । 
 
कार्यक्रमका सभापति एवं वाचक ईश्वर कृष्णले सोह्र श्राद्धको अवसरमा आयोजना हुने महायज्ञ अरु भन्दा फरक र विशुद्ध वालबालिकाको भविष्यको लागि आयोजना गरेको बताए । उनले अघि थपे “देवघाट जस्तो पवृत्रि तिर्थस्थलमा चार तले भवन निमार्ण गरेर भूकम्पमा परेर आमाबाबु गुमाएका बालबालिकालाई आधुनिक संस्कृत शिक्षा दिने कार्यमा सबैको साथको अपेक्षा गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ