arrow

भारतीय गृहमन्त्री सिंह भन्छन्,‘नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको छ’

logo
प्रकाशित २०७३ असोज १ शनिबार
rajnath21.jpeg
काठमाडौं। भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् । 
 
शनिबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री सिंहले भने,‘प्रधानमन्त्री प्रचण्डजीको यो भारत भ्रमणसँगै द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुगेको छ, समझदारी बढेको छ ।’
 
नेपालको संविधान संशोधन गर्ने विषय नेपालको आन्तरिक मामिला भएको उनको तर्क थियो । संविधान कार्यान्वयन गरेर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढेको हेर्न भारत आतुर रहेको मन्त्री सिंहको तर्क थियो । 
 
द्धिपक्षीय सिमा सुरक्षा लगायतका विषयमा पनि आपसी समझदारीका साथ अघि बढ्नुपर्ने उनको विश्वास थियो । उनले आजै साँझ प्रधानमन्त्री प्रचण्डसँग भेट्ने कार्यक्रम रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ