arrow

नेपालमा पहिलो पटक जेष्ठ नागरिकको सेवाप्रदायक वेबसाइट, वन मन्त्री भण्डारीले गरे उद्घाटन

logo
प्रकाशित २०७३ असोज १ शनिबार
bhandari-sankar-new.jpeg
काठमाडौं । नेपालमा पहिलो पटक जेष्ठ नागरिकको सेवाप्रदायक वेबसाइट सुभारम्भ भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अलपाइन फुडल्याण्डमा एक समारोहकाबीच वन मन्त्री शंकर भण्डारीले वेबसाइटको उद्घाटन गरे । 
 
जेष्ठ नागरिकका सूचना, जानकारी, सेवा तथा सुविधा घरमै उपलब्ध गराउने उदेश्यले यो बेवसाइट संचालनमा ल्याएको संचालक सागर कट्वालले जानकारी दिए ।
 
कार्यक्रममा वन मन्त्री शंकर भण्डारीले जेष्ठ नागरिकको सहयोग तथा सुविधा दिने उदेश्यले स्थापना भएकोमा सम्पूर्ण जेष्ठ नागरिकको लागि खुसीको कुरा रहेको र यसले उनिहरुको लागि महत्वपूर्ण कोसेढुङ्घा सावित हुने बताए । कार्यक्रम थुपै जेष्ठ नागरिक अभियन्ता, कलाकार, व्यापारीहरु, सामाजिक संस्थाका प्रमुखहरु लगायत सर्वसाधारणको समेत भव्य उपस्थिति रहेको थियो ।
 
सिनियर बजार डटकममा जेष्ठ नागरिकले प्रयोग गर्ने सामानहरु तथा स्वास्थ्यसंग सम्बन्धित पररमर्श प्रदान गरिनुका साथै विभिन्न रोगहरुको औषधिहरु पनि अनलाइनमा बुक गरि खरिद गर्ने सकिने र होम डेलिभरी सेवा समेत प्रदान गरिने संचालकले जानकारी गराएका छन् ।
 
जेष्ठ नागरिकको सहज तथा सन्तुष्टिको लागि जेष्ठ नागरिक मैत्री वातावरण निर्माण गर्न आवश्यक घरायसी रुपाङकन, डेकोरेशन वा जिड्राक्टिक फ्रेन्डली होमको सेवा समेत रहेको बताइएको छ । 
 
कार्यक्रममा घरयासी समानहरु मोबाइल, कपडा, इलेक्ट्रोनिक प्रयोगका सामान, विभिन्न पुस्तक तथा म्युजिकल सामान, गिफटका सामानहरु समेत प्रर्दशनमा राखिएका थिए ।
 
सामानहरु अनलाइनबाट पनि खरिद गर्ने सकिने छन्, त्यसको लागि कार्यक्रममा गएर आफुलाई चाहिएको सामान जेष्ठ नागरिक तथा उनका परिवारले सिधै सम्पर्के गर्ने सकिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ