arrow

युरोपियन पारा तेक्वान्दोमा भण्डारीलाई कास्य पदक

logo
प्रकाशित २०७३ असोज १ शनिबार
nepal-got-third-medal.jpeg
काठमाडौँ । पोल्याण्डमा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सीता भण्डारीले कांस्य पदक जितेकी छिन् । पोल्याण्डको वार्सामा भएको ५८ केजी तौल समूहको के–४४ विधातर्फ सीताले कास्य पदक जितेकी पारा तेक्वानदो प्रशिक्षक कल्याण कुँवरले बताए । 
 
सीताले रसियाकी खेलाडी अब्दुलोभालाई १२–१ स्कोरले हराउदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् । तर उनी फाइनल यात्रा तय गर्न रसियाकै खेलाडी रामा जोनोभासँग भएको खेलमा ६–१ स्कोरले पराजित भएपछि कांस्य पदकमै चित्त बुझाउन बाध्य भइन् ।
 
त्यस्तै, के–४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी पहिलो खेलमै सडन डेथमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिन् । निर्धारित तेस्रो राउन्डसम्म उब्जेकिस्तानकी खेलाडी इसाकोभा जियोदाखोनसँग धामीले बराबरी स्कोर गरिन् । चौथो राउन्डको सडन डेथमा भने उनी पराजित भएको टोलीका प्रशिक्षक कुँवरले बताए । 
 
प्रशिक्षक कुँवरले उनीहरुले पर्याप्त श्रोत साधनमा रहेर गरेको ट्रेनिङ अनुरुप प्रदर्शन गरेको बताए । टिम व्यवस्थापकमा दीपक विष्टले भने समग्रमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । उनीहरुलाई खेल्नका अझ ट्रेनिङ र राम्रो वातावरण नेपालमा आवश्वक छ । अन्य देशको तुलना केही राम्रो सेवा सुविधा दिने सके पारा खेलाडीले अझै राम्रो गर्न सक्छन् विष्टले भने ।”



नयाँ