arrow

मापसे जाँचलाई कडा बनाउदै ट्राफिक प्रहरी

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादकपदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई निरुत्साहन गर्न छड्के जाँचलाई कडाइ गरेको छ । इन्धन अभावका कारण हरेक छ घन्टा मात्र मापसेमा कडाइ गर्दै आएको महाशाखाले शनिबारदेखि १२ घन्टा कडाइ गर्न थालेको छ । महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता पोषराज पोखरेलले जाँच नहुँदा धेरै दुर्घटना हुने भएकाले जाँचमा कडाइ गरिएको जानकारी दिनुभयो । उहाँले इन्धन अभाव र मापसे कडाइले पछिल्लो समयमा काठमाडौँ उपत्यकामा दुर्घटनाको सङ्ख्यामा कमी आएको बताउनुभयो । 
 
इन्धन अभावपछि उपत्यकामा बढी भाडा लिने ७९२ सवारी साधनलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । त्यसमध्ये साउनमा २२५, भदौमा २४४, असोजमा १८४, कात्तिकमा ५९ र मङ्सिरमा ८० सवारी साधन छन् । काठमाडौँ उपत्यकामा गत महिनाको तुलनामा सवारी साधन आवतजावत सङ्ख्या बढेको छ । सार्वजनिक सवारी साधन ४० प्रतिशत र निजी सवारी साधन ५० प्रतिशत गुडेको महाशाखालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ