बर्दिया। निर्माण व्यवसायी संघ बर्दियाको ७ औं जिल्ला अधिवेशनको निर्वाचनबाट भेषराज पौडेल (भरत) विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा ७५ मत प्राप्त गरी पौडेल विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कृष्ण प्रसाद पोख्रेलले ५२ मत प्राप्त गरेका छन् । संघको ११ सदस्यीय कार्य समितिको सम्पूर्ण पदमा निर्वाचन भएको छ । कुनै पनि पदमा सर्वसम्मत नभएपछि निर्वाचन गरिएको निर्वाचन समितिका संयोजक संजीव कुमार कर्णले वताए ।
प्रथम उपाध्यक्षमा ६८ मत प्राप्त गरी दुर्गा वहादुर विष्ट विजय भएका हुन् । उनका प्रतिद्वन्दी टंक बहादुर खत्रीले ५८ मत प्राप्त गरे । त्यस्तै द्वितिय उपाध्यक्षमा ६७ मत प्राप्त गरी निरज शाह विजयी भए भने उनका प्रतिद्वन्दी देवेन्द्र कुमार विष्टले ५९ मत प्राप्त गरे ।
महासचिव पदमा हेमन्त प्रकाश गिरीले ७१ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिद्वन्दीहरु क्रमशः विजय शाह ३२ मत र नरेश कुमार खत्रीले ३१ मत प्राप्त गरेको जनाईएको छ । सचिव पदमा चन्द्रकान्त पौडेलले ७८ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिद्वन्दी राजकुमार श्रेष्ठले ४७ मत प्राप्त गरे ।
कोषाध्यक्ष पदमा सन्तोष कुमार रेग्मीले ७६ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिद्वन्दी अजित राजभण्डारीले ४९ मत प्राप्त गरे ।सदस्यहरुमा मुकुन्द जंग शाह ८५ मत, कृष्णराम विसी ८० मत, राम बहादुर शाही ७७ मत, अर्जुन गिरी ७६ मत र सन्तोष थापाले ५८ मत प्राप्त गरी विजय भएका हुन् । निर्माण व्यवसायी संघमा १ सय ३८ जना सदस्य रहेकोमा १ सय २९ मत खसेको थियो ।