arrow

इन्जिनियर मतपरिणाम : लोकतान्त्रिकको अग्रता कायमै, प्रगतिशील पछ्याउँदै

logo
प्रकाशित २०७३ असोज १ शनिबार
enginear.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाममा पनि लोकतान्त्रिक समूहकै अग्रता रहे पनि प्रगतिशील समूहपनि संगसंगै आइरहेको छ । 
 
काठमाडौंमा खसेको झण्डै ५२ सय मतमध्ये यो समाचार तयार पार्दा २५ सय ७४ मत गणना भएकामा लोकतान्त्रिक समूहतर्फ अध्यक्षका उम्मेद्वार हरेराम श्रेष्ठले ११ सय ६५ र प्रगतिशील समूहतर्फ अध्यका उम्मेद्वार एवं निकटतम् प्रतिद्वन्द्वी सुमित्रा अमात्यले ८ सय १८ मत पाइन् । 
 
विश्वराज काफ्लेले दिएको जानकारी अनुसार उपाध्यक्षमा लोकतान्त्रिकका उमाशंकर शाहले हजार ८० मत पाउँदा प्रगतिशीलका माधव प्रसाद कोइरालाले ८ सय ३४ मत पाए । महासचिवमा लोकतान्त्रिकका उमेश प्रसाद थानीले हजार ३९ मत ल्याउँदा प्रगतिशीलका प्रदीप अधिकारीले ७ सय ९५ मत ल्याए । 
 
उपमहासचिवमा लोकतान्त्रिकका रवि भूषण दाहालको हजार सय ९५ मत आउँदा निकटतम प्रतिद्वन्दी प्रगतिशीलका खिमानन्द कँडेलको ७ सय ६५ मत आएको छ । कोषाध्यक्षमा लोकतान्त्रिकका सुसन बैद्यको ९ सय ८२ मत आएको छ भने, प्रगतीशीलका सञ्जीव रोकायाको ६ सय ३७ मत आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ