arrow

भारतीय गृहमन्त्री सिंहले प्रचण्डलाई भने, -हामी सँधै तपाईका साथमा छौं

सीमापार आतङ्कवाद नियन्त्रणबारे कुराकानी

logo
प्रकाशित २०७३ असोज १ शनिबार
dahal-rajnath.jpeg
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय गृहमन्त्री राजनाथ शिंहले भेटेका छन् । शनिबार साँझ ६ राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री सिंहबीच शिष्टाचार भेट भएको हो । 
 
भेटमा भारतीय गृहमन्त्री सिंहले नेपालमा शान्ति स्थापनाका लागि नेतृत्वदायी भुमिका खेलेकोमा प्रधानमन्त्री दाहालको प्रशंसा गरे । उनले भने, ‘नेपालमा शान्ति, स्थिरता र विकासका लागि चालेका कदमहरुप्रति हामी सधै तपाईहरुको साथ रहने छ ।’ यस्तै भेटका अवसरमा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
 
यस्तै, गृहमन्त्री सिंहले सीमापार आतङ्कवाद नियन्त्रणलगायतका विषयमा छलफल गरेका बताइएको छ । भेटमा परराष्ट्र मन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल समेत उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ