arrow

इजरायलमा नेतन्याहुको पुनरागमन, लिए प्रधानमन्त्री पदको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
israel-PM-benjamin-netanyahu.jpg

काठमाडौं । इजरायलको संसदले बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गराएको छ । यससँगै देशको सबैभन्दा दक्षिणपन्थी एवं धार्मिक रूपमा रूढिवादी सरकारको उद्घाटन भएको मानिएको छ ।

इजरायलको संसद वा नेसेटले बिहीबार आफ्नो नयाँ सरकारका लागि विश्वासको मत पारित गरेपछि नेतान्याहुले पदको सपथ लिएका हुन्। 

संसदका १२० सदस्यमध्ये ६३ जनाले नयाँ सरकारको पक्षमा र ५४ जना विपक्षमा मतदान गरेका छन् ।

उनको सपथ ग्रहण सत्तामा उनको व्यक्तिगत फिर्ता र प्यालेस्टिनीहरूका साथै वामपन्थी इजरायलीहरूमा डर पैदा गर्ने सरकारको आगमनका रुपमा हेरिएको छ ।

सन् १९९६ देखि १९९९ र त्यसपछि सन् २००९ देखि २०२१ सम्म प्रधानमन्त्री भएका ७३ वर्षीय नेतान्याहुले मतदानअघि इजरायली संसद वा नेसेटको बैठकलाई सम्बोधन गरेका थिए।

नेतान्याहु र उनका गठबन्धन साझेदारहरूसँग नेसेटमा बहुमत छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ