arrow

इन्जिनियर्स एशोसिएसनमा लोकतान्त्रिक समुह विजय नजिक

logo
प्रकाशित २०७३ असोज २ आइतबार
engineers-association-candidate.jpeg
काठमाडौं। नेपाल इन्जिनियर्स एशोसिएसनको मतपरिणामको पछिल्लो नतिजा अनुसार लोकतान्त्रिक समूहको अग्रता वढ्दै गएको छ। काठमाडौंमा खसेको झण्डै ५२ सय मतमध्ये यतिबेलासम्म ४५ सय ७२ मत गणना भएको छ। जसमा लोकतान्त्रिक समूहले ५ सय मत भन्दा बढीले अग्रता लिएको लोकतान्त्रिक समूह अन्तर्गत युवा परिचालन समितिका संयोजक सुदीप शर्मा पौडेलले जानकारी दिए। 
 
पौडेलले दिएको जानकारी अनुसार अध्यक्षमा लोकतान्त्रिकका हरेराम श्रेष्ठको २१३७ मत आउँदा उनका निकटतम प्रतिद्वन्दी प्रगतीशीलकी डा. सुमित्रा अमात्यले १५०९ मत प्राप्त गरेका छन् ।
 
त्यस्तै उपाध्यक्षमा लोकतान्त्रिकका उमाशंकर शाहले २०३० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माघव प्रसाद कोइरालाको १५४४ मत ल्याएका छन्। महासचिवमा लोकतान्त्रिकका उमेश प्रसाद थानीको १९२० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतिशीलका प्रदीप अधिकारीको १४९२ मत आएको छ । 
 
त्यस्तै, उपमहासचिव पदमा लोकतान्त्रिकका रवि भूषण दाहालको २०२८ मत आउँदा निकटतम प्रतिद्वन्दी प्रगतिशीलका खिमानन्द कँडेलको १४१९ मत आएको छ। कोषाध्यक्षमा पनि लोकतान्त्रिकका सुसन बैद्यको १८७३ मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका सञ्जिव रोकायको ११८० मत आएको छ।  
 
सदस्यहरुमा अरुण कुमार सिंखडा बाहेक सबैमा लोकतन्त्रिक समुह अगाडी रहेको छ। सदस्यमा प्रगतिशिल समुहकी एक मात्र सदस्य अन्जना भट्ट अगाडी छिन। 
 
नेपाल इन्जिनियरिङ परिषदमा पनि लोकतान्त्रिक समुह नै अगाडी रहेको छ। काउन्सिलमा श्रीराम न्यौपाने ८६६, शैलिता मानन्धर जोशीले ८४४, सुरेन्द्र श्रेष्ठले ८९५, रोशन कुमार देवले ८४६ र कृष्ण देव झाले ७१३ मत ल्याएर अगाडी रहेका छन्। अन्य सदस्यहरूमा पनि लोकतान्त्रिकका सदस्यहरू भारी मतले अगाडि रहेको मतगणनास्थलमा रहेका इन्जिनियर विश्व काफ्लेले जानकारी दिए। उनका अनुसार एउटा सदस्यबाहेक अरू सबैको करिव ५सयको हाराहारीमा मतान्तर रहेको छ। सबै मत गन्दा लोकतान्त्रिक समुह ७ देखि ८ सयको भारी मतान्तरले विजयी हुने उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ