arrow

मधेस आन्दोलन कसैसँग जोडिएको छैन : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ असोज २ आइतबार
nepalindia.jpeg
एजेन्सी। चार दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहालले मधेस आन्दोलनलाई भारतको समर्थन रहेको अभियोगको पूर्ण बचाउ गरेका छन्। 
 
मधेस आन्दोलनलाई भारतको समर्थन रहेको अभियोगबारे पत्रकारहरुको प्रश्नलाई स्पष्ट पार्दै प्रधनमन्त्री दाहालले मधेस आन्दोलन कुनै पक्षसँग नजोडिएको बताए। दाहालले आफैपनि मधेस आन्दोलनको नेता रहेको बताए। 
 
प्रधानमन्त्री दाहालले मधेसको समस्या चाँडै नै हल हुने पनि बताएका छन्। दाहालले मधेसी मोर्चाहरुसँग शिष्टचार भेटवार्ता गरेको र जायज मागहरुलाई संविधानको खाकाभित्रै समायोजन गरिने बताए।
 
दाहालले पत्रकारहरुसँगको भेटवार्तामा भने “हामीले मधेसी मोर्चासँग वार्ता गरिरहेका छौं। हामीले यहाँ आउनु अगाडि पनि उहाँहरुसँ छलफल गरौं। छलफल राम्रो वातावरणतिर अगाडि बढिरहेको छ र मलाई विश्वास छ समस्याको हल चाँडै हुनेछ।" यद्धपी दाहालले समस्याको हल कहिले हुन्छ भन्ने बारे केही बोलेनन्।
 
प्रधानमन्त्री दाहाल चार दिने राजकीय भारत भ्रमण सकेर आज स्वदेश फर्कदैछन्। भ्रमणका क्रममा दाहालले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, गृह मन्त्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वाराजलगायतका नेताहरुसँग भेटवार्ता गरेका थिए।
 
भ्रमणका क्रममा भारतसँग हुलाकी राजमार्ग तथा भूकम्पपछिको पुन:निर्माणमा भारतीय अनुदानको सहयोगलगायत तीन बुँदे सम्झौंता भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ