गाईघाट(उदयपुर)। नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमालेले बिनाकारण हचुवाका भरमा लागेर संविधानका धारा संशोधन नगर्ने बताए।
प्रेस चौतारी नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले अहिले मधेसकेन्द्रित दलको माग पूरा गर्न कुन–कुन धारा संशोधन गर्नुपर्ने र केका लागि भन्ने स्पष्ट नभई पार्टीले संविधान बिगार्ने कुनै काम नगर्ने स्पष्ट गरे।
मधेसका साना टुक्रे दलले मागे जति सबै माग पहिला नै पूरा भइसकेको र अब मधेसको माग केही पनि नभएका कारण आन्दोलन गरेर जनतालाई दुःख दिने काम चाँडो बन्द हुनुपर्नेमा जोड दिए। रासस