arrow

४७७३ मत गन्दा इन्जिनियरमा लोकतान्त्रिक समूह ६ सय बढी मतले अगाडि (कसको कति ?)

logo
प्रकाशित २०७३ असोज २ आइतबार
engineers-association-candidate.jpeg
काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको जारी मतपरिणामको पछिल्लो प्रारम्भिक मत परिणाममा पनि लोकतान्त्रिक समूहले अग्रता लिएको छ । काठमाडौंमा खसेको झण्डै ५२ सय मतमध्ये यतिबेलासम्म ४७ सय ७३ मत गनेर सकिएको छ । जसमा लोकतान्त्रिक समूहले अध्यक्षमा ६ सय भन्दा बढी मतले अग्रता हाँसिल गरेको छ । 
 
अध्यक्षको लागि खसेको मतमध्ये ४७७३ मत गन्दा लोकतान्त्रिकका हरेराम श्रेष्ठको २१ सय ३७ मत आउँदा उनका निकटतम प्रतिद्वन्दी प्रगतीशीलकी डा. सुमित्रा अमात्यले १५ सय ९ मत मात्रै प्राप्त गरेकी छिन् ।
 
त्यस्तै, उपाध्यक्षमा लोकतान्त्रिकका उमाशंकर शाहले २ हजार ३०  मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माधव प्रसाद कोइरालाको १४ सय ६९ मत आएको छ । 
 
महासचिवमा लोकतान्त्रिकका उमेश प्रसाद थानीको १९ सय २० मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका प्रदीप अधिकारीको १४ सय ९३ मत आएको छ । त्यस्तै, उपमहासचिव पदमा लोकतान्त्रिकका रवि भूषण झाको २ हजार २८ मत आउँदा निकटतम प्रतिद्वन्दी प्रगतिशीलका खिमानन्द कँडेलको १४ सय १९ मत आएको छ । 
 
कोषाध्यक्षमा पनि लोकतान्त्रिकका सुसन बैद्यको १८ सय ७३ मत आउँदा निकटतम प्रतिद्वन्द्वी प्रगतीशीलका सञ्जिव रोकायको ११ सय ८० मत आएको छ ।  
 
अन्य सदस्यहरूमा पनि लोकतान्त्रिकका सदस्यहरू भारी मतले अगाडि रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ