arrow

लुम्बिनीबाट काठमाडौंसम्म रेल पुर्‍याउँछौं : भारतीय रेलमन्त्री प्रभु

नेपालको संविधानलाई मोदीको समर्थन छ : राम माधव/भारतले नेपालको संविधानको स्वागत गरिसकेको छ : डिपी त्रिपाठी

logo
प्रकाशित २०७३ असोज २ आइतबार
Indian-rail-minister.jpeg
नयाँ दिल्ली । भारतीय रेलमन्त्री सुरेश प्रभुले भारतले काठमाडौंसम्म रेल पुर्‍याउने बताएका छन् । नयाँ दिल्लीस्थित होटल ताजमा पत्रकार ऋषि धमलासंगको कुराकानीमा मन्त्री प्रभुले नेपालको रेल विकासको लागि सहयोग गर्न भारत तयार रहेको समेत बताए ।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच द्विपक्षीय आर्थिक साझेदारीको विषयमा गम्भीर छलफल भएको उल्लेख गर्दै मन्त्री प्रभुले थपे,‘हाम्रो प्रधानमन्त्रीजीको स्पष्ट धारणा छ कि अब नेपाल र भारतबीच कनेक्टिभिटिलाई बढावा दिनुपर्छ, भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्छ, भारत नेपालको विकासको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छ ।’
 
काठमाडौंदेखि लुम्बिनिसम्म रेल सेवा सञ्चालनबारे समेत दुवै पक्षबीच कुराकानी भएको उनको भनाई थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणसँगै द्विपक्षीय सम्बन्ध नयाँ मोडमा पुगेको उनको विश्वास छ ।  उनले अघि थपे,‘प्रधानमन्त्री दाहालको यो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाइृमा पुगेको छ, भारत नेपालको स्थायित्व, शान्ति र विकासको लागि सदैव सहयोग गर्न तयार छ ।’
 
नेपालको संविधानलाई भारतले अझैपनि स्वागत गरेन नि ! भन्ने धमलाको जिज्ञासमा उनले भने,‘सबैको भावनालाई समेटेर अघि बढोस भन्ने हाम्रो चाहना हो, संशोधन लगायत अन्य विषय नेपालको आन्तरिक मामिला हो, हाम्रो भन्नु केही पनि छैन ।’ संविधान कार्यान्वयन गर्दै नेपाल समृद्धिको दिशमा अघि बढेको हेर्न भारत आतुर रहेको मन्त्री प्रभुको भनाई थियो । 
 
त्यस्तै, भारतीय राष्ट्रवादी काँग्रेसका महासचिव डिपी त्रिपाठीले भारतले नेपालको संविधानको स्वागत गरिसकेको बताएका छन् । महासचिव त्रिपाठीले नेपालको संविधानलाई भारतले स्वागत गरिसकेको बताए हुन् । उनले भने,‘भारतले संविधानको स्वागत गरिसकेको छ, द्विपक्षीय सबै असमझदारीहरु हटिसकेका छन्, अब सम्बन्ध सुमधुर भएर अघि बढ्छ, यसमा कुनै शंका छैन ।’
 
संविधान संशोधन लगायतका विषयहरु नेपालको आन्तरिक मामिला भएको उनको टिप्पणी छ । उनले द्विपक्षीय सम्बन्ध अब आर्थिक साझेदारीका साथ अघि बढ्नुपर्ने बताए । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, प्रगाढ र अतुलनीय रहेको उल्लेख गर्दै त्रिपाठीले भने,‘दुई पक्षीय हितका विषयमा केन्द्रित रहेर अघि बढ्नुर्छ, प्रचण्डजीको भारत भ्रमणले सम्बन्धको नयाँ आयाम खोलेको छ, ढोका खोलेको छ ।’
 
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिव राम माधवले भारती प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानको समर्थन गरिसकेको स्पष्ट पारेका छन् । महासचिव माधवले भने,‘प्रधानमन्त्री मोदीको सम्बोधनसँगै भारतले नेपालको संविधानको समर्थन गरिसकेको छ, हामीबीचको द्विपक्षीय सम्बन्धले गति लिएको छ, अब नेपाल–भारत सम्बन्धमा कुनै समस्या छैन ।’
 
नेपालमा शान्ति, स्थायित्व र विकासको पक्षमा भारत रहेको उनको भनाई छ । उनले दुबै प्रधानमन्त्रीबीच बढो सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ