arrow

‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

logo
प्रकाशित २०७३ असोज २ आइतबार
Sita-devi-yadav.jpg.jpeg
काठमाडौँ। शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नाको विकल्प नभएको बताएकी छन् । 
 
विकेन्द्रीकरण सहयोग समाज नेपालले आइतबार आयोजना गरेको ‘सङ्घीयतामा स्थानीय तहको पुनःसंरचना’ विषयको कार्यक्रममा यादवले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिइन् । 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुने बताउँदै आयोगले दिएको सङ्ख्या परिवर्तन हुने बताए । 
 
समाजका महासचिव एवम् सांसद रामचन्द्र पोखरेलले व्यापक छलफल गरेर स्थानीय संरचना विभाजन गर्नुपर्ने बताए । सांसद लक्ष्मी राईले स्थानीय निकाय बलियो भए मात्र देश बलियो हुने भएकाले स्थानीय निकायलाई बलियो बनाउनुपर्ने बताइन् । 
 
समाजले स्थानीय तहमा काम गरी मन्त्रीमा नियुक्त भएकामा शान्तिमन्त्री यादव, उद्योगमन्त्री नवीन्द्रराज जोशी र संस्कृतिमन्त्री शाहीलाई सम्मान पनि गर्‍यो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ