arrow

सरूवामा मनपरी गरेको भन्दै एमाले निकट कर्मचारीहरूको सामान्यमा डेलिगेशन

logo
प्रकाशित २०७३ असोज २ आइतबार
samanya-prasashan-mantralaya.jpg.jpeg
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले कर्मचारी सरूवामा ऐन कानूनको समेत ख्याल नगरी मनपरी गरेको भन्दै विरोध जनाएको छ । आईतबार यस विषयमा सामान्य प्रशासन मन्त्री केशब बहादुर बुढाथोकीलाई भेटेर संगठनले विरोध जनाएको संगठनका वरिष्ठ नेता केदारप्रसाद देवकोटाले जानकारी दिए । 
 
देवकोटाले दिएको जानकारी अनुसार सामान्यले निजामती सेवा ऐनले तोकेको र ऐनमा सरूवा नगर्न तोकिएको मापदण्डको समेत वास्ता नगरी कर्मचारी सरूवा गरिएको आरोप संगठनले लगाएको छ । देवकोटाले भने ‘मालपोतबाट यातायात, यातायातबाट नापी जस्ता क्षेत्र नै नमिल्ने स्थानमा हाम्रा कर्मचारीहरूलाई सरूवा गरिएको छ यसमा हाम्रो विरोध हो ।’ डेलिगेसन गएकाहरुलार्इ मन्त्री बुढाथाेकीले सरुवाकाे निर्णय फिर्ता लिने अाश्वासन दिएकाे पनि उनले जानकारी दिए । 
 
अहिले सरूवा हुनेहरू दैनिकजसो संगठनका नेताहरूकहाँ गुनासो गर्न आउने हुँदा संगठनका नेताहरूभने दिनभरी नै कर्मचारीको चित्त बुझाउनमा नै व्यस्त रहेनेगरेकाे कर्मचारी नेताहरु बताउँछन् । संगठन एमाले निकट निजामती कर्मचारीहरुकाे संगठन हाे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ