arrow

हिन्दूराज्य घोषणा गर्न माग गर्दै प्रधानन्यायाधीशलाई ज्ञापनपत्र

logo
प्रकाशित २०७३ असोज २ आइतबार
sushila-karki.jpg.jpeg
काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै प्रधानन्यायाधीश सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । 
 
सर्वोच्च अदालतस्थित कार्कीको कार्यकक्षमा पुगी आइतबार मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य घोषणा गर्नुपर्ने, पाँच विकास क्षेत्र यथावत् कायम गर्नुपर्ने लगायत माग राखी ज्ञापनपत्र बुझाएका हुन् । 
 
मञ्चले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पनि ज्ञापनपत्र बुझाइसकेको जनाएको छ । माग कार्यान्वयन नभए आन्दोलनमा जाने मञ्चले चेतावनी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ