arrow

एमालेको परामर्शबिना संविधान संशोधन हुनै सक्दैन : माधव नेपाल

logo
प्रकाशित २०७३ असोज २ आइतबार
madhav-kumar-nepal.jpg.jpeg
बनेपा । एमाले नेता माधवकुमार नेपालले एमालेको परामर्शबिना संविधान संशोधन हुनै नसक्ने बताएका छन् । एमाले काभ्रेपलाञ्चोकले बनेपामा गरेको पत्रकार भेटघाटमा नेता नेपालले हचुवा शैलीले संविधान संशोधन गर्नुहुँदैन–भने । 
 
नेता नेपालले भनेका छन्, ‘राजनीतिक संरचना र कानुनको निर्माण तथा स्थानीय निर्वाचन भए संविधानको कार्यान्वयनतर्फ मुुलुक अगाडि बढ्छ ।’
 
यसअघि बनेपास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको दसौँ वार्षिकोत्सव कार्यक्रममा नेता नेपालले एमालेलाई अलग गरेर राष्ट्रिय राजनीति अघि जान नसक्ने बताए । उनले भने, ‘हामी स्भाभिमानी छौँ, छिमेकीले आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन ।’
 
नेता नेपालले जात र धर्मका नाममा राजनीति गर्दा जनतालाई बेफाइदा हुने बताए । उनले संविधानको कार्यान्वयन सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयन नभए २०७४ माघ ४ गतेदेखि संवैधानिक जटिलता आउने तर्क सतर्क गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ