arrow

प्रधानमन्त्री स्वेदश फिर्ता, परराष्ट्रमन्त्री अमेरिका उडे, भौतिक पूर्वाधार मन्त्री लेखक भारतमै

logo
प्रकाशित २०७३ असोज २ आइतबार
dahal-delli-news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सको विमानबाट प्रधानमन्त्री दाहाल पौने चार बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । 
 
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रमण सफल भएको र भारतीय समकक्षीसंग खुलेरै कुरा गरेको दोहोर्‍याएका छन् । दाहालले आफू र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको २५ बुँदे वक्तव्यले चीनसँगको सम्बन्धमा कुनै असर नगर्ने बताए । यस्तै, संयुक्त राष्ट्रसघको स्थायी सदस्यका लागि भारतलाई नेपालले २००४ देखि समर्थन गर्दै आएको समेत दाहालले उल्लेख गरे । 
 
प्रधानमन्त्री दाहालसंग भ्रमणमा गएका परराष्ट्रमन्त्री प्रकाशशरण महत अमेरिका गएका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक भारतमै छन् । 
 
परराष्ट्रमन्त्री महत अमेरिकाको न्यूयोर्कका यसै साता हुने राष्ट्र संघको महासभामा माग लिन गएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार संविधान दिवस समारोहमा सहभागि भई अमेरिका जाने तयारीमा रहेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ