arrow

संविधानको विषयमा मधेसमा भ्रम फैलाइएको छ

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
Nepal Constitution 2072 2015.jpg.jpeg
विराटनगर । संविधानमा सबैलाई समान अधिकार दिएको भएपनि मधेसी समुदायमा भने यस विषयमा भ्रम फैलाइएको छ । युवा सङ्घ नेपालको आयोजनामा विराटनगरमा आज आयोजित ‘नयाँ संविधान, नाकाबन्दी र मधेसमा जारी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा मधेस आन्दोलनबाट मधेसी जनता नै बढी पीडित रहेको, संविधानमा नेपाली जनताको हकअधिकार समेटिएको र संविधानमा उल्लिखित अधिकारको विषयमा जनतामा जानकारी गराउनुपर्ने सम्बन्धमा वक्ताहरुले जोड दिएका थिए । सो अवसरमा पूर्वमन्त्री महेश बस्नेतले मधेसकेन्द्रित दलले आफ्नो स्वार्थका लागि मधेसी जनतामा भ्रम सृजना गरेको उल्लेख गर्दै नयाँ संविधानमा समानुपातिक र समावेशीको पनि व्यवस्था रहेको बताउनुभयो । 
 
सांसद लालबाबु यादवले नेपालको इतिहासमा पहिलोपल्ट जनताले संविधान ल्याएको भन्दै संविधानमा मधेसीको माग समेटिएको छ तर पनि यस विषयमा भन्न र सम्झाउन नै गाह्रो भएको धारणा व्यक्त गर्नुभयो । नेकपा (एमाले) मोरङका पूर्वअध्यक्ष विनोद ढकालले संविधान निर्माण हुनु ठूलो उपलब्धि भएको उल्लेख गर्दै संविधानको विषयमा घरदैंलोमै जानकारी गराउनुपर्ने कार्य अभियानकै रुपमा सुरु गर्नुपर्ने विषयमा जोड दिनुभयो । 
 
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार निरुदेवी पालले जनतालाई दुःख दिने कस्तो आन्दोलन हो भनी प्रतिप्रश्न गर्नुभयो । युवा सङ्घ कोसी अञ्चल समन्वय समितिका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ