काठमाडौं। देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ । सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्य एक हो।
उक्त स्कुटर शनिवार एनसेलले पोखरामा आयोजना गरेको एनसेल मेलाको अवसर पारी कम्पनीको गण्डकी रिजनल टिमले प्रदान गरेको थियो। अन्य विभिन्न विधामा आफुलाई उपहारका लागि योग्य सावित गर्ने रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माईक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल ईन्भर्टर र फोर ईन वान प्रिन्टर जस्ता उपहारहरु प्रदान गरिएको थियो।
एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो। रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन्। यो योजना अन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर हुन्। यस भन्दा अधि मित्रनगर, नयाँ बसपार्कमा (काडमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले यस योजना अन्र्तगत मोटर साईकल उपहार पाएका थिए।