arrow

संविधान संशोधन नभएसम्म कुनैपनि चुनाव हुन दिन्नौं : लक्ष्मण कर्ण

logo
प्रकाशित २०७३ असोज २ आइतबार
Laxman-Lal-Karna-hindi.jpg.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी जनताको रगतसँग गाँसिएर जबरजस्ती लादिएको संविधान संशोधन नभएसम्म मोर्चाले विरोध गरिरहने बताए । 
 
राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकार र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको बताए ।
 
उनले अघि थपे,‘तीन बुँदा मध्ये दुईवटा बुँदा करिब करिब लागु भएको छ, अब संविधान संशोधन प्रक्रिया पनि चाँडै अघि बढ्छ ।’ उनले संविधान संशोधन प्रस्ताव पनि एक हप्ताभित्रै संसदमा दर्ता हुने विश्वास गरे । कर्णले संशोधनमार्फत आफूहरुले अघि सारेका मागहरु पूरा नभएसम्म कुनैपनि चुनाव गर्न नदिने चुनौति समेत दिए । 
 
फरक प्रसँगमा प्रधानमन्त्री दाहालको भारत भ्रमणको विषयलाई एमालेका अध्यक्ष ओलीले गलत ढंगले टिप्पणी गरेको आरोप लगाए । कर्णले थपे,‘आफू जाँदा राम्रो हुने तर अरु प्रधानमन्त्री भारत जाँदा किन रुनु नि ?’ यस्तै, उनले ‘यो डबल स्ट्याण्ड चरित्र हो, –भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ