arrow

हामी निर्णायक शक्ति भएनौं, अरुले नै यो देश चलाएको छ : दिलनाथ गिरी

logo
प्रकाशित २०७३ असोज २ आइतबार
dilnath-giri-news.jpg.jpeg
काठमाडौं । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्न देशी विदेशी शक्तिहरु लागिपरेको आरोप लगाएका छन् ।
 
आइतबार राजधानीमा आयोजित साक्षात्कारमा गिरीले भने,‘आगामी ०७४ माघ ७ भित्र तीन वटै निकायको चुनाव गराउनुपर्छ, तर चुनाव नगर्ने षडयन्त्र भैरहेको छ, यसले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्ने खतरा छ ।’ उनले नेपालको शासन प्रणालीलाई नै अस्थिर बनाउन विदेशी शक्ति लागेको आरोप लगाए । गिरीले अघि थपे,‘हामी निर्णायक शक्ति भएनौं, अरुले नै यो देश चलाएको छ ।’
 
संविधान संशोधन विधि र प्रक्रियाबाट हुुनुपर्ने उनको भनाई थियो । यद्यपि, सरकारले अहिलेसम्म आफ्नो दलसँग संशोधनको बारेमा कुनै परामर्श एवम् छलफल नै नगरेको आरोप लगाए । ‘विधि र प्रक्रियाबाट संविधान संशोधन अघि बढ्यो भने हामी पनि हाम्रा मुद्दाहरु संशोधनमा हाल्छौं–गिरीले थपे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ