arrow

यसरी गर्‍यो सेनाले “आतंक प्रतिकार” अभ्यास

logo
प्रकाशित २०७३ असोज २ आइतबार
nepali-sena-news-aa.jpeg
काठमाडौं। प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले “आतंक प्रतिकार–१” अभ्यासको निरीक्षण गरेका छन्। उपत्यका पृतना हेडक्वार्टरको नेतृत्व एवं समन्वयमा विशेष फौज बाहिनी, युद्धभैरब गण तथा नेपाली सेनाका विभिन्न युनिटहरुका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रति आतंककारी कार्वाही हेर्ने युनिटका सकलदर्जाको सहभागितामा होस्टेज रेस्क्यु सम्बन्धि कथाबस्तुमा आधारित भई भक्तपुरमा “आतंक प्रतिकार–१” अभ्यास भएको हो। 
 
विश्वमा बढ्दै गएको आतंककारी गतिविधीलाई दृष्टिगत गर्दै यस किसिमका आतंकबादी घटना नेपालमा पनि घटेमा त्यसलाई सशक्त रुपमा प्रतिकार गर्न विशेष फौज, पैदली फौज, सपोर्टिङ्ग युनिटहरु र अन्य सुरक्षा निकायहरु समेतलाई एकीकृत र समन्वयात्मक ढङ्गबाट परिचालन गर्ने उद्धेश्यले आंतक प्रतिकार अभ्यास संचालन गरिएको सैन्य जनसम्पर्क निर्देशनालयले जनाएको छ। 
 
अभ्यासको सकिएपछि प्रधान सेनापति श्री क्षत्रीले प्रति आतंककारी कारबाहीको अभ्यासको क्रममा प्रयोग गरेको हतियार, ईक्प्युपमेन्टको समेत निरीक्षण गरे। अभ्यास निरीक्षण कार्यक्रममा रथीबृन्द, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक, अधिकृत लगायत विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरु समेत उपस्थित रहे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ