काठमाडौं । पाल्पा उद्योग वाणिज्य संघमा नयाँ कार्यसमितिको अध्यक्षको लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । आईतबार अपराह्नसम्म ३ जनाले अध्यक्षको लागि उम्मेदवारी दिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनाले जानकारी दिए ।
यसरी उम्मेदवारी दिनेमा संघका वरिष्ठ उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठ, महासचिव भीमसेन कार्की र भूगोलप्रसाद बैंजू रहेको पनि अध्इक्ष महर्जनले जानकारी दिए ।
संघको उद्योग उपाध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । सो पदमा उनीबाहेक कसैको पनि उम्मेदवारी परेन । त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि ३ जनाको नै उम्मेदवारी परेको छ ।
यद्यापि यहाँ सर्वसम्मतको सम्भावना पनि त्यत्तिकै रहेको छ । उक्त उपाध्यक्षमा शैलेन्द्र भट्टराई कमल ढकाल र यादब कार्की रहेका छन् । भट्टराईको सम्भावना बढी रहेकोले यसमा पनि सर्वसम्मत हुने सम्भावना रहेको छ ।
यस अघि अध्यक्षमा लोकतान्त्रिक प्यानलका मानिने महर्जन निर्विरोध अध्यक्ष भएका थिए भने यस पटक पनि अध्यक्षमा लोकतान्त्रिक प्यानलकै श्रेष्ठको सम्भावना बढी रहेको देखिन्छ । निर्विरोध भएका श्रेष्ठ पनि लोकतान्त्रिक नै हुन् भने वाणिज्य उपाध्यक्षका भट्टराई पनि लोकतान्त्रिक नै हुन् ।