arrow

पाँचथरमा पहिरोका कारण ८ परिवार विस्थापित

logo
प्रकाशित २०७३ असोज २ आइतबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। वर्षासँगै गएको पहिरोका कारण गएराती पाँचथरको लुङरुपा २ का छेउटारका ८ घर परिवार विस्थापित भएका छन्। घरमुनि बाट बग्ने फेमे खोलाले कटान गरेपछि झरेको पहिरोका कारण स्थानिय कमल तामाङ,नर्बु तामाङ,सुकमान तामाङ,निशान तामाङ,रणध्वज तामाङ,आमखोले तामाङ,पाख्रिन तामाङको परिवार विस्थापित बनेका हुन्।
 
ती परिवारलाई अहिले छिमेकीको घरमा स्थानान्तरण गरिएको स्थानिय डिल्लीराम दुलालले जानकारी दिए। पहिरोका कारण विस्थापित वन्न लाग्दा समेत खवर गर्दा पनि प्रहरी नपुगेको प्रति पहिरो पिडितीहरुले गुनासो गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ