काठमाडौँ । भारतकै दोस्रो ठुलो गाडि निर्माता कम्पनी अशोक लेलैण्डले “बेस्ट इन्डियन ब्रान्डस २०१६” को उपाधिबाट सम्मानित भएको छ । कम्पनीको सेल्स टर्न भारतीय बजारमा ३९ प्रतिशतले बढाएको छ । कम्पनीको कमर्शियल भेहिकल अन्तर्गत स्कुल बसमा सनसाइन बस भारत र नेपालमा लोकप्रिय रहेको छ ।
नेपालका लागि अशोक लेलैण्डको आधिकारिक बिक्रेता आई.एम.ई ग्रुप हो । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने गरेका छन् । कम्पनीले विगतमा स्पेयरर्स र सर्भिसको समस्याले उत्पिडित ग्राहकहरुलाई सुलभ र सहज तरिकाले सेवा दिनका लागी नेपालमा थप ग्रहकार्य गर्ने कम्पनीको जारी विज्ञाप्तिमा जनाइएको छ ।