arrow

नयाँ शक्तिले बुझायो प्रजिअलाई ज्ञापन पत्र

logo
राजन परियार।
प्रकाशित २०७३ असोज २ आइतबार
nayasakis.JPG.jpeg
सिन्धुली। जिल्लाका बिविध समस्याहरुलाई लिएर समाधानको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल सिन्धुलीले आईतबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ। नाराबाजी सहित जिल्ला प्रशासन कार्यायल पुगेर प्रजिअ तारा बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका हो। 
 
वर्खाका कारण बन्द भएका ग्रामीण क्षेत्रका सडकहरु तत्काल मर्मत गरी उपभोक्ताहरुलाई सहज सेवा दिने व्यवस्था मिलाउनु पर्ने, जग्गाधनी पुर्जा नभएका भुकम्प पिडितहरुसँग पनि सम्झौता गरी घर बनाउन दिनुपर्ने, भुकम्प पिडितहरुको घर निर्माणका लागी नक्सा निशुल्क पास गनुपर्ने उनीहरुले माग गरेका छन्।
 
त्यस्तै जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत, नगरपालिका, जिल्ला विकास र वैकंहरुमा सेवा प्रवाहमा अस्तव्यस्ताले सेवाग्राहीहरु मारमा परेका कारण छिटो छरितो र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र बास्तविक भुकम्प पिडितहरु पहिचान गरी राहत वितरण गर्न नयाँ शक्ति पार्टीले प्रजिअसँग माग गरेको छ ।  
 
चाडपर्व नजिकदै गर्दा बजारमा महंगी, कालोबजारी र अखाद्य बस्तु विक्रि भइरहेकाले तत्काल बजार अनुगमन गर्न र वीपी राजमार्गमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक व्यवस्था मिलाउन समेत नयाँ शक्ति पार्टीले माग गरेको छ । 
 
जिल्लामा विद्यमान समस्या हल गर्न माग गर्दै १० बुँदे ज्ञापन पत्र बुझाइएको र नयाँ शक्ति पार्टी नेपाल सम्पनन् समृद्ध र सुसासन सहितको सिन्धुली निर्माण गर्ने अभियानमा लागेको नयाँ शक्ति पार्टीका जिल्ला नेता एकबहादुर रानामगरले बताए । 
 
उनले भने, ‘हामी जनताका साना साना समस्याहरु समाधान गर्दै समुन्नत समाज निर्माण गर्ने अभियानमा छौं, त्यहि अभियान अन्र्तगत ज्ञापनपत्र बुझाएका हौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ