arrow

म्यान्चेस्टर युनाइटेडलाई लगातार दोस्रो झट्का, वाट्फोर्ड संगपनि हार्‍याे

logo
प्रकाशित २०७३ असोज २ आइतबार
united-har.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडलाई फेरी अर्को झट्का लागेको छ । आइतबार साँझ वाट्फोर्डको मैदानमा भएको खेलमा ३–१ को हार व्यहोरेको म्यानयुलाई लगातार दोस्रो झट्का लागेको हो । 
 
यसअघि घरेलु मैदानमा भएको खेलमा म्यानयु म्यान्चेस्टर सिटीसंग पराजित भएको थियो । ३४औं मिनेटमा एटिएन कोपाउएको गोलबाट सुरुवाती अग्रता लिएको वाट्फोर्डले दोस्रो हाफपछि दुई गोल गरेको हो । पहिलो हाफमा १–० ले पछि परेको म्यानयुले दोस्रो हाफमा एक गोल फर्कायो । म्यानयुका लागि मार्कोस रास्फोर्डले गोल गरेका हुन् । 
 
पछि ८४औं मिनेटमा वाट्फोर्डका हुँवा क्यामिलो जुनिगाले गोल गर्दै खेल २–१ को नतिजामा ल्याए । खेलको अन्तिम समय अर्थात् ९०औं मिनेटमा ट्रोय डिनीले पाएको पेनाल्टी सदुपयोग गर्दै गोल गर्दै ३–१ को जित सुनिश्चित गरे । 
 
यो हारले म्यानयुलाई लिगको अंक तालिकाको छैटौं स्थानमा धकेलिदिएको छ । सिजनका सुरुवाती ३ खेल जितेको म्यानयुको ९ अंक छ । जित संगै वाट्फोर्डले गत सिजनको लिग विजेता लेस्टर सिटीलाई पछि पारेको छ ।
 
लेस्टर, वेष्ट ब्रोमविच, हल सिटी र वाट्फोर्डको समान ७ अंक भएपनि गोल अन्तरका आधारमा वाट्फोर्डले यि सबैलाई पछि पारेको छ । आइतबार राति थप तीन खेल हुने भएकाले अंक तालिकामा केही फेरबदल हुन सक्ने छ । यद्यपि, म्यान्चेस्टर सिटी भने शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा कायम छ । 
 
Ibrahimovic reacts furiously as referee Michael Oliver awards Watford a stoppage time penalty, leading to the third goal
 
Rashford marks his equalising goal by giving Luke Shaw a high-five as Manchester United pile on second-half pressure
 
Marcus Rashford scores Manchester United's equaliser from close range as Wayne Rooney celebrates in the background
 
Rashford was in a hurry to get the match underway once again after scoring United's second-half equaliser
 
Etienne Capoue celebrates after scoring Watford's opening goal in the first-half at Vicarage Road
 
The Watford supporters go wild as Etienne Capoue fires them into a 34th-minute lead
 
Anthony Martial believed he had been fouled by Miguel Britos during the build-up to Capoue's goal
 
United captain Wayne Rooney remonstrates with referee Michael Oliver, believing that Martial had been fouled
 
Zuniga celebrates with Jose Holebas after sweeping home Watford's second goal at Vicarage Road
 
Watford goalscorers Juan Camilo Zuniga and Troy Deeney celebrate at the final whistle following a famous victory



नयाँ