arrow

प्यालेस्टाइनले कानुनी कारबाही जारी राख्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
isreal-palestine.PNG

रमल्लाह । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताएका छन् । साथै उनले कानुनी कारबाही पनि जारी राख्ने बताएका छन् । 

इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरमा गरेको प्रवेशलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले घोषणा गरेको नयाँ नीतिको कार्यान्वयनको सुरुवात भएको टिप्पणी गर्दै राष्ट्रपति अब्बासले इजरायलको आलोचना गरे । 

प्यालेस्टाइनको कार्यकारी समितिको रमल्लाहमा भएको बैठकमा राष्ट्रपति अब्बासले इजरायली मन्त्री बेनगभिरको भ्रमणबाट  खतरनाक परिणाम आउनसक्ने चेतावनी दिँदै अरब लिग परिषद् र इस्लामिक सहयोग सङ्गठनको शीघ्र बैठक आह्वान हुनुपर्ने बताए। 

गत मङ्गबार इजरायली रक्षामन्त्री आफ्नो देशका प्रहरी र कर्मचारीको कडा सुरक्षाका बीच अलअक्सा मस्जिदको आँगनमा घुमेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ