arrow

पूर्ण खोप पालिका घोषणा गर्ने विराटनगर महानगरको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
typhoid-vaccine-nawalparasi.jpg
फाइल तस्विर।

विराटनगर। महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्व तयारी सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाले महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज सरोकारवालासित पूर्ण खोप अभियानका विषयमा अन्तरक्रिया गरेको छ ।

विराटनगरलाई पूर्ण खोप घोषणा गर्ने तयारीका विषयमा महाशाखा प्रमुख हैदर अलीले जानकारी गराएका थिए । उनले महानगरपालिकाभित्र रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई पूर्ण खोप लिएको नलिएको यकिन कार्य भइरहेको बताए । 

महाशाखा प्रमुख अलीले नलिएका बालबालिकालाई खोजी गरेर खोप दिई सबै बालबालिकालाई खोप दिने कार्यक्रम रहेको जानकारी दिए। 

महानगरका खोप अधिकृत अमरदीप देवले खोपको अवस्थाका विषयमा प्रस्तुतीकरण गर्दै १० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाउन बाँकी रहेको सुनाए । सात पटकमा १३ वटा रोगविरुद्धको खोप लगाएपछि मात्रै पूर्ण खोप लगाएको मानिने उनको भनाइ थियो । 

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले गाउँ, टोल र बस्तीमै पुगेर खोप लगाएका र नलगाएका बालबालिकाको पहिचान गर्नुपर्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले पूर्ण खोपले बालबालिकाको बिरामी दर र मृत्युदर कमी ल्याई महानगरको सूचकको अङ्कसमेतमा वृद्धि हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ