arrow

दशैंमा विद्यार्थी परिचयपत्र छुट नहुने, एसी र डिलक्समा २० प्रतिशत भाडा बढ्यो

logo
प्रकाशित २०७३ असोज २ आइतबार
tikat-Agreem-Bus-Ticket-Kat.jpeg
काठमाडौं । यातायात व्यवसायी र सरकारबीच आईतबार भएको छलफलका क्रममा विभिन्न बुँदामा सहमति भएको छ । आईतबार दिनभरी भएको छलफलपछि ७ गतेदेखि दशैंमा घरजानेहरूकालागि अग्रिम टिकट बुकिङको व्यवस्था पनि गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । 
 
सिटौलाले दिएको जानकारी अनुसार आईतबार भएको भेटमा सरकार र व्यवसायीहरूबीच असोज १० गतेदेखि २० दिनसम्म नारायणघाट मुग्लीन सडकखण्डमा निर्माणको काम रोक्ने, कलंकी–नागढुङगा सडकखण्ड प्रयोगको लागि सहज बनाउन एकसाताभित्र काम सम्पन्न गर्ने एसी र सुपर डिलक्सको भाडा समायोजन गर्ने सहमती भएको हो । 
 
एसी र सुपर डिलक्समा यस भन्दा अगाडि पनि २० प्रतिशत भाडा लिने गरिएको भएपनि अब भने यो भाडादर बैधानिक भएको महासंघका महासचिव सिटौलाले जानकारी दिए । 
 
यससँगै अस्थायी रूट परिमिट जतिसक्दो चाँडो दिन पनि सरकारसम्ग माग गरिएको सिटौलाले जानकारी दिए । 
 
उता, सिटौलासँग हरेक बर्ष विवादको विषय बन्ने परिचयपत्र छुटको विषयमा कुनै निर्णय भएन भन्ने प्रश्नमा भने उनले कुनै प्रतिक्रिया दिएनन् । उनले यस विषयमा अहिले कुरा नगर्नु नै जाती होला भन्दै ७ गतेपछि मात्रै यस विषयमा बोल्न सकिने प्रतिक्रिया दिए । 
 
अघिल्लो वर्ष तिर पनि यस्तो प्रश्न गर्दा यातायात व्यवसायीहरू यसैगरी पन्छिने र विद्यार्थीहरूले भने छुटबाट बञ्चित हुनुपर्ने अवस्था थियो । यो वर्ष पनि यही प्रतिक्रिया दिएर विद्यार्थी छुट नदिने संकेत गरिएको छ । यसबाट विद्यार्थीहरु भने मारमा पर्ने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ