arrow

बाजुरामा तेस्रो परिवार नियोजन दिवस मनाइयो

logo
प्रेम रौले,
प्रकाशित २०७३ असोज २ आइतबार
bajuraraule.jpeg
बाजुरा । जिल्ला स्वास्थ्य कार्यालय बाजुरा अन्तर्गत परिवार नियोजन दिवस मनाइएको छ । व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय दिवस मनाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा उक्त दिवस मनाइने भएको हो । दिउसो ३ वजेबाट जिल्ला स्वास्थ्य कार्यालयबाट सुरु भएको र्याली बजार परिक्रममा गरी अनन्ते मेला लाग्ने ठाउमा आएर कोण सभामा परिणत भएको थियो । 
 
 परिवार नियोजन दिवसमा छोरा छोरी करले होइन रहरले जन्माउनु पर्ने जस्ता नाराहरु लगाइएको थिए । दिवसका अवसरमा बडिमाकिा नगरस्तरिय युवा संजालले  सडक नाटक गरेको छ । धेरै वच्चा भएमा हुन सक्ने समस्या र उनीहरलाइ पालन पोषणमा समस्या हुने भएकाले दुइ सन्तान जन्माउनु उपयुक्त सडक नाटक उल्लेख गरिएको छ । सडक नाटकमा परिवार  बच्चा जन्माउनका लागि ३ वर्ष पछि जन्माउनु उपयुक्त भएको सन्देश रहेको छ । 
 
गर्भाधारण कम गर्नका लागि अस्थायी साधन प्रयोग गर्नु नै बेस भएको बताइएको छ ।  जिल्ला स्वास्थ्य कार्र्यालय बाजुराको आयोजना सेभ द चिल्डेन युएनएफपीको आर्थिक सहयोगमा दिवस मनाइएको छ । कार्यक्रममा सडक नाटक भुवा चाली समेत प्रदर्शन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुरका कार्यालय प्रमुख डाक्टर मोहन नाथले जानकारी दिए  ।
 
 दिवसमा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रहरी प्रमुख दल बहादुर बोगटी, वरिष्ठ जिल्ला कृषि विकास डाक्टर रामकृण श्रेष्ठ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर मोहन  नाथ,उद्योग बाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया,सेभद चिल्डेनका प्रकाश भट्ट,बाले विश्वकर्मा सुआहाराका प्रकाश रावल,युएनएफपीका वविन नेपाली लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी,स्थानिय,पत्रकारको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ