arrow

प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण रद्द

logo
प्रकाशित २०७३ असोज २ आइतबार
prachanda-tension.jpg.jpeg
काठमाडौं। देशभित्रको समस्यालाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री पुष्पकमल दहालले सयुंक्त राष्ट्रसंघ महासभामाकालागि तय भएको भ्रमण रद्द गरेका छन्। 
 
भारतको राजकीय भ्रमणबाट आईतवार मात्र स्वदेश फर्किएका प्रमको पुर्व निर्धारित कार्यक्रम रद्द गरिएको प्रेस बिज्ञप्ति मार्फत प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। 
 
सविंधानमा असन्तुष्ट रहेका समुहहरुलाई सविंधान संशोधन प्रकृयामा ल्याएर संविधानको कार्यन्वयन पहिलो प्राथमिकता भएको भन्दै प्रमले भर्मण रद्द गरेका हुन्। 
 
प्रेस बिज्ञप्ति
मधेशी, थारु, जनजातिका प्रतिनिधि लगायत आन्दोलनरत दलहरुले अहिले विदेश भ्रमण गर्नुभन्दा प्रधानमन्त्रीले उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठाएको बर्तमान अवस्थामा विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पूनर्निर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्यालाई समाधानमा ध्यान केन्द्रित गर्ने उद्धेश्यले जनआवाजलाई समेत ख्याल गरेर संयुक्त राष्ट्र संघको ७१ औं साधारण सभामा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले भाग लिन जाने कार्यक्रम रद्द गरिएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालय



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ