arrow

दशगजाबाट मोर्चाका नेता पक्राउ

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
belhiya @.jpg.jpeg
रुपन्देही । आपूर्ति व्यवस्था चौपट हुने गरी नेपाल–भारत सीमा नाका बेलहियास्थित दशगजा क्षेत्रमा आन्दोलन गर्न गएका मधेसी मोर्चाका नेता पक्राउ परेका छन् ।  आइतबा दिउँसो नेपाल–भारत सीमा नाका बेलहियामा धर्ना बसी नाका अवरुद्ध गर्दै आपूर्ति व्यवस्था ठप्प पार्न खाजेपछि मधेसी मोर्चामा आबद्ध ६ नेता पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 
 
पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभासद् ओमप्रकाश यादव गुल्जारी, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष श्रीनिवास यादव, तमलोपाका जिल्ला अध्यक्ष अजय वर्मा, गणेश पल र रामकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ