स्पेन। स्पेनिश ला लिगा फुटबलमा रियल मड्रिडले सत्प्रतिशत नतिजालाई कायमै राखेको छ । लगातार चौथो जित निकाल्ने एकमात्र स्पेनी टिम बन्ने क्रममा आइतबार राति रियलले स्पानियोललाई उसकै मैदानमा २ – ० ले पराजित गरेको हो ।
कोलम्बियाका खेलाडी जेम्स रोड्रिग्वेजले दुई वर्षपछिको उत्कृष्ट भलि गोल गर्दै रियललाई जिताएका हुन् । उनले सन् २०१४ को विश्वकपमा उरुग्वेविरुद्ध यस्तै उत्कृष्ट गोल गरेका थिए । रोड्रिग्वेजले ४५ औं मिनेटमा गोल गरेका हुन् ।
त्यस्तै ७१ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दैै रियललाई २–० ले जिताए । खेलको तेस्रो मिनेटमै सर्जियो रामोसले पहेंलो कार्ड खाएसंगै सम्हालिएर खेल्नु परेको थियो ।
दुई स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेललाई भने आराम दिइएको थियो ।
यो जितसंगै रियल मड्रिड लिगको शिर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म शतप्रतिशत जित निकालेको रियलले ४ खेलबाट १२ अंक जोड्दै शिर्ष स्थानमा कब्जा जमाएको हो । ९ अंकको बार्सिलोना दोस्रो तथा समान अंककै लस पल्मस तेस्रो स्थानमा रहेको छ ।
अब रियलले बुधबार राति घरेलु मैदानमा भिल्लारियलसंग खेल्नेछ ।