arrow

अमेरिकी राष्ट्रपति ओबामाको शुभकामना

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
obama-1024.jpeg
काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई एक सन्देश पठाउनु भइ शुभकामना तथा बधाइ ज्ञापन गरेका छन् ।  
 
शुभकामना सन्देशमा उनले संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । 
 
सन्देशमा उनले भनेका छन्,  “तपाईंको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपत्मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको अमेरिकाले सधैँ प्रशंसा गरिरहने छ र यस प्रयत्नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सहयोग गरिरहने छौँ ।” 
 
उनले नेपालको जलविद्युत् सम्भावनाको बृद्धि, पूर्वाधार विकास र दुखद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
राष्ट्रपति ओबामाले लोकतन्त्रले प्राकृतिक सम्बन्ध स्थापना गर्दछ भन्दै आगामी वर्षहरूमा दुई देशबीचको त्यस सम्बन्धलाई प्रगाढ बनाउन चाहेको उल्लेख गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ