arrow

मोर्चाका नेताहरु दिल्लीमा सहारा खोज्दै, भारतीय पत्रकारको प्रश्न–‘आन्तरिक मामिला सल्टाउन दिल्ली किन’ ?

logo
प्रकाशित २०७२ मंसिर २० आइतबार
morcha neta .jpg.jpeg
काठमाडौं । जारी मधेस आन्दोलन र वार्ता छोडेर मेधसी मोर्चामा आवद्ध चारै घटकका नेताहरु मधेस समस्या समाधानको उपाय खोज्न दिल्ली पुगेका छन् । उनीहरुले दिल्लीमा आइतबार राजनीतिक भेटघाटलाई तिब्रता दिए । भेटका क्रममा मधेस आन्दोलन र दलहरुबीच भएका संवादहरुबारे भारतीय राजनीतिज्ञलाई ब्रिफ गरेका छन् । 
 
शनिवार पटना र काठमाडौं वार्ता संगै जोडेर आइतबार दिल्लीमा जमघट भएका मधेसीनेताहरुले केही दिन अघि मात्रै शीर्ष तीन दलले राखेको राजनीतिक समितिमार्फत तीन महिनाभित्र प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव अस्वीकार गरेका थिए । 
आइतबार बिहान दिल्ली पुगेका मोर्चाका पाँच नेताले मध्यान्हबाटै भारतीय नेताहरूलाई ब्रिफ गर्न सुरु गरे । दिनभर तालिकानुसारनै उनीहरुले विभिन्न दलका नेताहरुसंगको राजनीतिक परामर्शलाई तिब्रता दिए । दिल्ली भ्रमणमा मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले जनता दलका अध्यक्ष शरद यादवबाट मध्यान्ह परामर्शको सुरुवात गरे । 
 
जनता दलका अध्यक्ष यादवसँगको भेटवार्तामा मोर्चाका नेताहरुले संविधानमा आफ्ना आवाज नसमेटिएका कारण आन्दोलन गरेको सुनाए । मोर्चाका नेताहरुले आइतबारै काँग्रेस आइका नेता करण सिंह र राष्ट्रिय काँग्रेसका नेता डीपी त्रिपाठीसँग पनि क्रमशः परामर्श  गरे । उनीहरुले भारतीय नेतासँगको भेटवार्तामा भारतले नेपालमा नाकाबन्दी  नगरेको बरु आफूहरुले सीमा क्षेत्रमा गरेको अवरोधका कारण नाका ठप्प भइ आयात निर्यात चौपट भएको स्वीकारे । 
 
छलफलका क्रममा मोर्चाका नेताहरुले सीमांकन हेरफेरको मागमा साथ दिन गुहारेका छन् । अहिलेको सीमांकनबाट मधेशी जनता जनसंख्याको अनुपातमा निर्णायक तहमा पुग्न नसक्ने भन्दै मधेशका जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने मागमा साथ दिन भारतीय नेताहरुसँग मोर्चाका नेताहरुले गुहार मागे । 
 
भेटपछी संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भारतले सार्वजनिक रुपमा संविधान नेपालको आन्तरिक मामिला भएकाले नेपालका दलहरुले वार्ता र संवादबाट समाधान खोज्न भनेको सुनाए । भारतीय पत्रकारहरुले यादवलाई नेपालको अन्तरिक मामिलामा भारतलाई किन गुहारेको ? भन्दै प्रशन गरे । सहयोग खोज्दै दिल्ली पुगेको यादव पत्रकारहरुको प्रश्नप्रति आक्रोशित समेत भए । यादवले झोकिँदै आफुले कहिल्यै यो भारतको मामिला हो भनेर नभएको तर्क गरे । आन्तरिक मामिला हामी आफैं समाधान गर्दछौं–यादवले भने । त्यसो भए किन ?
 
भारत आएको त भन्ने प्रतिप्रश्नको जवाफमा यादवले छिमेकमा समस्या छ भने छिमेकलाई असर पर्ने भन्दै यसरी नआए तपाईलाई कसरी थाहा हुन्छ भन्दै–विट मारे । आफुहरुको अवरोधकै कारण नेपालको दैनिकी चौपट भएको स्वीकारेका यादवले भारतलाई आरोप लगाउनुको तुक नरहेको प्रष्टिकरण दिए । 
 
यादवले सरकारसँगको वार्ता उपलब्धिमूलक नरेको भन्दै अधिकारको ग्यारेन्टी नभएकासम्म आन्दोलन नरोकिने सुनाए । मोर्चाका शीर्ष नेताको टोलीमा तमलोपा नेतृ चन्दा चौधरी समेत दिल्ली भ्रमणमा छिन् । आइतबार बेलुका भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राखेको रात्रीभोजमा सरिक भएका मधेसी नेताहरुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ताको प्रयास गर्ने छन् । 
 
सितामढी देखि पटना हुँदै दिल्ली सम्मको भेट सम्म पुग्दा समग्रमा मोर्चाका नेताहरुले आन्दोलनमा आफुहरुको बल नपुगेको भन्दै आफ्ना मुद्दा स्थापित गर्न छिमेकीलाई सहयोग माग्न आएको ब्रिफ गरेका छन् । यद्यपि, संघीय संरचनाको नयाँ ढाँचा र पछिल्लो समय उठाएको ११ बुँदे मागबारे भने औपचारिक छलफल भएकोबारे खबर आएको छैन ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ