- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । बुद्वभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सोही नगरपालिका वडा नं ६ मा रहेको सरस्वती आधारभूत विद्यालयमा २ कोठे भवनको शिलान्यास गरेका छन् ।
उक्त २ कोठे भवन निर्माणको लागि कुल स्टीमेट रकम ३७ लाख ५० हजार मध्ये २२ लाख ५० हजार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतबाट स्वीकृत भएको हो भने १३ लाख १२ हजार ५ सय नगरपालिकाको अनुदान र १ लाख ८७ हजार ५ सय श्रमदानबाट हुने मेयर श्रेष्ठले बताए ।
उक्त विद्यालयमा कुल ३ सय ७१ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीको चाप अनुसार कक्षा कोठाको कमी हुँदा विद्यार्थी बसाल्ने एकदमै समस्या भइरहेको थियो भने अव २ कोठा थप भएपछि विद्यार्थी बसाल्ने सजिलो हुने उक्त विद्यालयकी प्रधानाध्यापक मिना गिरीले बताइन् ।
नगरपालिकाले शिक्षा क्षेत्रमा परिवर्तन गर्नको लागि भौतिक सुविधा साथै गुणस्तरीय शिक्षाको लागि योजना बनाएर काम भइरहेको समेत श्रेष्ठले बताए ।