arrow

बाग्लुङको रिग्लाङमा पहिरो : एकै परिवारका चारको मृत्यु, ‘गंगाधरको न घर रहयो न परिवार’

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
Baglung-hamrakura.jpg.jpeg
बाग्लुङ । बाग्लुङको बुङ्गादोभान गाविस –४ रिग्लाङमा पहिरोसंग खसेको ढुंगाले घर च्यापिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । विहान करिब ४ बजेतिर आएको पहिरोमा सो हताहती भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
 
रिग्लाङमा हरको गंगाधर रोक्काको घर पहिरोसंग आएको ढुंगाले च्यापिँदा गंगाधरकी श्रीमती ३८ वर्षीया भीमकुमारी रोक्का, १४ वर्षीया छोरी, इन्द्रकुमारी, ९ वर्षीया छोरी, मायादेवी र १२ वर्षीय छोरा इन्द्रजीत रोक्काको मृत्यु भएको हो ।
 
राति सुतिरहेको समयमा आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए । पहिरोले घर पूर्ण रुपमा क्षतविक्षत भएको छ भने, पशु–पंक्षी पनि नासिएका छन् ।  
 
गंगाधर रोक्काको भने केही वर्ष अघि नै देहान्त भएको बताइएको छ । घटनास्थल बुर्तिबाङबाट टाढा छ भने, बुङ्गादोभानबाट रिग्लाङ जान डेढ घण्टा पैदन लाग्द छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ