arrow

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस सभापति देउवाले दिए विश्वासको मत, प्रतिपक्षमा रहने

कांग्रेसले विश्वासको मतका पक्षमा मतदान गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
deuba-parliament.jpg

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिँदै विश्वासको मतका पक्षमा मतदान गर्ने भएको छ । 

संसदमा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका हुन् । 

प्रतिनिधि सभाको आजको बैठकमा देउवाले प्रचण्डलाई विश्वासको मत दिएका हुन् । तर कांग्रेस प्रतिपक्षमा रहने उनले बताए । 

'सरकारको कामको मूल्याङ्कन गरि गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने छ ।,' देउवाले भने ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिपक्षमा रहने गरि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ