arrow

यस्तो रोचक भो ‘फेशन नोभा’, जहाँ देखिइन् करिश्मा

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
karisma-news-nova.jpeg
काठमाडौं । राजधानीको होटल सोल्टी क्राउन प्लाजामा एक समारोहबीच ‘फेशन नोभा २०१६’ शो सम्पन्न भएको छ । शो ‘द क्रियशन तथा राईजिङ्ग नेपाल’ प्रालिले सयुक्त रुपमा आयोजना गरेको हो । 
 
३० जना द क्रियशन स्कुल अफ फेशन डिजाइनका विद्यार्थीले तयार पारेको अन्तर्राष्ट्रिय स्तरको डिजाइन १६ जना आकर्षक तथा प्रसिद्ध नेपाली मोडलिङ्ग क्षेत्रका मोडलहरु र्‍याम्पमा प्रस्तुत गरे ।  
 
यस्तै, शो मा ९ वटा आकर्षक फेशन सिक्वेन्स रहको थियो । सिक्वेन्स स्टपरको रुपमा नेपाली सिने उद्योगका ख्याती प्राप्त कलाकारहरुले र्‍याम्पमा प्रस्तुती दिएका थिए, भने मिडिया पर्सनालिटी, स्पोर्ट पर्सनालिटीलगायत फेशन शोमा सहभागी भएका थिए । 
 
मुख्य शो स्टपरको रुपमा नायिका तथा समाजसेवी करिश्मा मानन्धरले प्रस्तुती राखिन् । यस्तै कार्यक्रममा नृत्य, गायन तथा हास्यव्यंग्य कलाकारले पनि प्रस्तुति पस्केका थिए । 
 
नेपाली फेशन क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तारको साथै द क्रियशनका विद्यार्थीहरुको फेशन कला प्रदर्शन गर्नु शो को मुख्य उद्येश्य रहेको आयोजकले जनाएको छ । शो मा फेशन क्षेत्रमा योगदान पुर्‍याउने एक जनालाई सम्मान गरिएको थियो । 
 
यस्तै, शो मा ३० डिजाइनर, १६ मोडल र ८० भन्दा बढी डिजाइन पहिरनको प्रदर्शन गरिएको थियो ।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ