दशैंमा घर जाने यात्रुसँग दोब्बर भन्दा बढी भाडा असुल्न यस्तो रणनीति बनाए सुमो ब्यवसायीले
जुनसुकै वहानामा भाडा धेरै असुल्नेलाई कारवाही हुन्छ : एसएसपी थापा
प्रकाशित २०७३ असोज ३ सोमबार
2.5k
Shares
काठमाडौ । दशै मनाउन काठमाडौबाट बनेपा सिन्धुली हुदै पूर्व जाने सुमो, ह्यास लगायतका सवारी साधनले अग्रिम बुकिङ नगर्ने र यात्रुसग रिर्जभको नाममा दोब्बर भन्दा बढी भाडा अलुल्ने रणनीति बनाएका छन् ।
पूर्व जाने ब्यवसायीहरुले गरेको सहमति अनुसार पूर्व जाने कुनै पनि साना सवारी साधनलाई रुट अनुसार चलाउने छैनन भने यात्रुलाई ८-१० जनाको समूह बनाएर आउन र रिजर्भ गर्न भन्नेछन् । यसरी रिजर्भ गर्दा यहिले तिर्दै गरेको भाडा भन्दा दोब्बर भन्दा बढी असुलेर मात्र यात्रुलाई गन्तब्यमा पुर्याउने छन् ।
मैतीदेवीका सुमो ब्यवसायी मोहन गुरगाई पनि अग्रिम टिकट नखुल्ने बताए । साथै उनले सरकारले तोकेको भाडादरमा कुनै पनि सुमो गाडीले नचाउन नसक्ने बताए । यस्तो अवस्थामा यात्रुलाई नै समुह बनाएर आउन लगाउने र उनीहरुसग रिजर्भको नाममा धेरै भाडा असुल्ने उनीहरुको तयारी छ । सबै ब्यवसायी एक आपसमा छलफल नै गरेर यसरी धेरै भाडा उठाउन सकिने निष्कर्षमा पुगेको एक ब्यवसायीले उसको साथिलाई सुनाए । काठमाडौबाट झापासम्म जान प्रति सुमो गाडि २० देखि २२ हजारमा रिजर्भ गर्न लगाएर पठाउने तयारी भएको सुनाए ।
यसै गरी दशैंको छुट्टीमा काठमाडौबाट सुमो चढेर झापा जान लागेका रुद्र गौतमले पनि सुमो काउन्टरमा गएर बुझ्दा अग्रिम टिकट नखुल्ने तर समूह बनाएर आए रिजर्भको रुपमा तत्काल नै सुमो पठाउने काउन्टरले जनाएको बताए । काउन्टरमा बस्ने मैतीदेवीका दाईले भने "तिमीहरु कति जना हुन्छौ । अग्रिम टिकट खुल्दैन तर रिर्जभ जान्छ । तिमी सम्पर्क गर्दै गर । अरु यात्रुसगै मिलाएर रिर्जभ पठाउँला । प्रति सुमो गाडि काठमाडौबाट झापाको २० लाक्छ" । भनेर पठाँएको हाम्रा कुरासग पिडित यात्रुले बताए । त्यसपछि अन्य काउन्टरमा समेत बुझ्दा अग्रिम बुकिङ नखुल्ने बताएकोले अन्योलमा परेको बताए । साथै उनले ७-८ जनासम्म अट्ने सुमोलाई प्रति २० हजार तिर्दा प्रति यात्रु २५०० सम्म पर्ने देखेर दशै मान्न झापा कसरी जाने भन्नेमा दुविधा बढेको बताए ।
यातायात व्यवसायी र सरकारबीच आईतबार भएको छलफल पछि विभिन्न बुँदामा सहमति भइ लामो दुरीको अग्रिम टिकट खुलाउने सहमति भएको थियो । ७ गतेदेखि दशैंमा घरजानेहरूका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष ढोलनाथ खनाल जानकारी दिए । तर यसरी रुटमा नजाने तर रिजार्भ मात्र जान पाइन्छ भन्ने प्रश्नमा रिर्जभ जाने उनीहरुको अधिकार भएको अध्यक्ष खनालले बताए । तर उनले सरकारले तोके भन्दा बढी भाडा लिएको भए कारवाहिको दायरामा आउनु पर्ने बताए ।
आजै बेलुकी काठमाडौबाट सुमो चढेर दमक जान लागेकी सिला लिम्बुले १४०० भाडा तिरेको बताइन् । जब कि काडमाडौबाट झापा जाने सुमोले अधितम भाडा दर ८८८ मात्र तोकेको भए पनि अधिकाशंले १४०० भन्दा कम नलिएको बताइन्छ ।
काठमाडौ महानगरीय प्रहरी परिसद प्रमुख एसएसपी बिक्रमसिंह थापाले बिभिन्न वहानामा यात्रुसग धेरै भाडा उठाएको पाइएमा ठगीमा मुद्दा चलाइने बताए । धेरै भाडा असुल्ने बिरुद्ध छड्के गरिरहेको बताउदै जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने उनले बताए । यसपालीको दशैमा घर जान चाहने यात्रुलाई सहज बनाउन प्रहरी सक्रिय भएर लागिरहेको उनले बताए । यसै क्रममा नेपालगञ्ज जाने लामो दुरीका सवारी साधनलाई कारवाहि गरी ठगीको मुद्दा लगाइएको समेत उनले जानकारी दिए ।