arrow

हामा आईरन एण्ड स्टिल २५औं वर्षमा

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
Hama_Steels_TJP_May_7_2015-Banner.jpeg
काठमाडौँ । हामा आईरन एण्ड स्टिल २५औं वर्षमा प्रवेश गरेको छ । उद्योग वि.स. २०४५ सालमा दर्ता भई २०४७-०४८ साल देखि सञ्चालनमा आएको हो । हामा आईरन एण्ड स्टिलको सुरुवाति दिनमा ६ हजार मेट्रिक टन वार्षिक उत्पादन क्षमता रहेको थियो । हाल उद्योगले विभिन्न चरणमा विविधिकरण एवं विस्तृतीकरण गरि  वार्षिक  उत्पादन क्षमता १ लाख ५० हजार  मेट्रिक टन पुर्‍याएको कम्पनीले जनाएको छ । 
 
उद्योगले जारी गरेको विज्ञाप्तिमा  २५ वर्षको सञ्चालन अवधिमा  सफलतापूर्वक सम्पन्न पूरा हुदा सम्म गुणस्तरिय कच्चापदार्थ प्रयोग गरि गुणस्तरीय फलामे छड  उत्पादन गरिरहेको जनाएको छ । साथै कम्पनीले राष्ट्रिय एवं अन्तराष्ट्रिय मापदण्डलाई मध्य नजर राख्दै समयसमयमा विभिन्न आधुनिक प्रविधिको प्रयोग लगायत गुणस्तर वृद्धिका लागि सुधार एवं मानव संसोधनको विकासका लागि ठूलो लगानी गरेको व्यहोरा जनाएको छ । 
 
हामाले  ५ वर्ष देखि हाइ डुकिलिटि भएको अन्तराष्ट्रिय गुणस्तरको हामा एसडि फलामे छडको  विक्रि वितरण गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ