arrow

संविधान दिवसमा एमालेको छुट्टै कार्यक्रम, र्‍यालीमा पार्टीको झण्डा प्रदर्शन

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
UML-sambidhan-diwas-new.jpeg
काठमाडौं। प्रमुख विपक्षी एमालेले पहिलो संविधान दिवस छुट्टै कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा सोमबार काठमाडौंमा झाँकीसहितको र्‍याली निस्कियो । 
 
संविधानले जनताको लामो समयदेखिको सपना पूरा गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दै एमालेले उत्सवका रुपमा कार्यक्रम आयोजना गरेको जनायो । र्‍यालीमा सहभागीले एमालेको झन्डा प्रदर्शन  गरियो । केही सहभागिले राष्ट्रिय झन्डा पनि बोकेका थिए । 
 
रत्नपार्कबाट सुरु भएको र्‍याली भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगि सभामा परिणत भएको छ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गरेका छन् । 
 
अध्यक्ष ओलीले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक अप्ठ्यारो स्थितिमा जाने चेतावनी दिएका छन् । यसअघि, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली संविधान दिवसको अवसरमा युवा संघ नेपाल २ नम्बर क्षेत्रीय कमिटी भक्तपुरले थिमिमा आयोजना गरेको शुभकामना कार्यक्रममा समेत सहभागि भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ