arrow

विश्वका ८० सहरमा एकैपटक प्राणीप्रेमको आवाज काठमाडौँमा

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
Cartoon-illustration-of-funny-farm-animals-group-for-coloring-book-Stock-Vector.jpeg
काठमाडौँ । दसैँ आउँदै गर्दा जनावर प्रेमका आवाजहरु पनि बढ्दै गएका छन् । जनावर पनि यही संसारका सिर्जना भएको भन्दै जनावरप्रति हुने दुव्र्यवहार रोक्न आग्रह गर्दै आइतबार ललितपुरमा एक कार्यक्रम गरियो । 
 
भारतबाट सुरु भएको ‘इन्डिया युनाइट्स फर एनिमल’ लाई ऐक्यबद्धता जनाउन कार्यक्रम गरिएको कार्यक्रमकी आयोजक अजिता पाण्डेले बताए । किस्ट अस्पतालको अडिटोरियम हलमा भएको कार्यक्रममा अस्पतालका निर्देशक प्रोफेसर ऋषिकेश नारायण श्रेष्ठले सभ्य समाजमा मानवअधिकार र प्राणी अधिकारलाई उही रूपमा लिनुपर्ने बताए । 
 
त्यसैगरी सडकमा छाडिएका कुकुरलाई पुनःस्थापना गर्ने ‘स्नेहाज् केयर’ की सञ्चालक स्नेहा श्रेष्ठले कुनै समय घरमा पालिएको कुकुरलाई आफूले बेवास्ता गर्दा मरेको क्षणको स्मरण गर्दै उक्त घटनाबाट प्रभावित भएर आफूले सडकमा घाइते भएका कुकुरको संरक्षण गर्न थालेको बताइन् । उनले भनिन् – “पछि आफूले साह्रै माया गर्ने कुकुरले सडकमा विष हालेर राखिएको खानेकुरा खाएर मरेछ । त्यसले मलाई धेरै दुःखी बनायो ।” 
 
त्यस्तै नेपाल शाकाहारी सङ्घका सचिव प्रकाश आस्थाले ‘प्राणी मात्रको जय होस्’ भन्ने हाम्रा शास्त्रहरूले जनावरप्रति गरिने निर्दयतालाई घोर पाप मानेको बताए । उनले प्राणी हिंसालाई घटाउने सबैभन्दा प्रभावकारी उपाय शाकाहारी जीवन अपनाएको बताए। आयोजक अजिता पाण्डेले प्राणीहरुको पक्षमा कानुन बनाउन र जनावरप्रतिको निर्दयिता घटाउनका लागि आइतबार विश्वका ८० सहरमा यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् । 
 
उस्तै प्रक्रियाले आमाको गर्भमा जन्मेर आएका प्राणीलाई हामी मानवजातिले प्लेटबाट हटाउन अबेर भइसक्यो । कार्यक्रममा गढीमाईमा प्रत्येक पाँच वर्षमा हुने गरेको पशु बलीको भिडियो समेत प्रदर्सन गरिएको थियो । कार्यक्रममा प्राणीकल्याणको क्षेत्रमा लामो समयदेखि संलग्न प्रमदा शाहलगायतका विशिष्ठ व्यक्तिहरु उपस्थित थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ