arrow

प्रथम संविधान दिवस वीरगंजमा मनाइयो

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
birjung-happy.jpeg
बिरगंज। ने.क.पा (माओबादी केंद्र) निकट अखिल (क्रन्तिकारी)ले आज पहिलो संबिधान दिवशको अवशरमा बाल कल्याण गृहमा स्टेसनरी र खाद्यान्न वितरण गरेका  छ। त्यसैगरि संगठनले मधेश सहिद हिफाजत  मियाको छोरीको हस्मु नेशको उपचारकालागि पनि बिरगंज स्थित बिरगंज हेल्थ केयर अस्पतालमा पुगी केहि आर्थिक सहयोग पनि गरेको छ।
 
अखिलको केन्द्रिय सचिवालय सदस्य प्रभाकर गुप्ता नेतृत्वमा गएको टोलिले एक कार्यक्रम बीच आज स्टेसनरी र खाद्यान्न वितरण गरेको हो। त्यसैगरि गुप्तकै नेतृत्वमा गएको टोलिले अर्को कार्यक्रम बीच सहिद पुत्री हस्मु नशालाइ पनि केहि आर्थिक सहयोग गरेको छ। कार्यक्रममा वाइ.सी.एलका केन्द्रिय सदस्य बिमल पौडेल,  क्रन्तिकारीको सदस्य सन्दिप गुप्त, अशोक यादव, आकाश गुप्ता, र सामाजिक अभियन्ता अल्का साहको उपस्तिथी रहेको थियो।
 
गृहमा भएको कार्यक्रमको अध्यक्षता अखिल क्रान्त्रिकारीका जिल्ला अध्यक्ष सुनिल रौनियारले गरेका थिए भने, प्रमुख अतिथिमा संगठनका केन्द्रिय उपाअध्यक्ष रामबाबु बैठा रहेका थिए, त्यसैगरि अतिथिहरुमा गृहकि इन्चार्ज निशा ढकाल, संगठनका सचिवालय सदस्य प्रभाकर गुप्ता, संगठानका केन्द्रिय सदस्य इश कुमार, र सामाजिक अभियन्ता आशु सर्राफ रहेका थिए।
 
कार्यक्रमलाइ सम्बोधन गर्दै क्रन्तिकारीका केन्द्रिय सचिवालय सदस्य प्रभाकर गुप्ताले संबिधानमा अपूर्ण रहेका बिषय बस्तुलाइ पूर्णता दिलाउनका लागि पहल गर्ने बताएका थिए। त्यसैगरि संगठनका केन्द्रिय उपाअध्यक्ष रामबाबु बैठाले संबिधानतर्फा असन्तुष्टी जनाउदै आएका दलहरुलाई वार्ताको माध्यमबाट सहमति खोज्न आग्रह गरे।
 
एक तिर मधेशी मोर्चाले संबिधान प्रति असमति जनाउदै मदेशबादी दलहरु आन्दोलनले विभिन्न बिरोधका कार्यक्रम गर्दै छन् भने अर्को तिर सरकार को नेतृत्व गरिरहेको माओबादी केन्द्रका बिधार्थी संगठन हरु उत्सव मनाइरहेकाछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ