arrow

लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
lumbini-pradesh-mukhya-mantri-karyalaya.jpg

तुलसीपुर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउनेछन् । 

आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठनको पनि तयारी गरिएको छ । एमाले र माओवादी केन्द्रबाट एक-एक  मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बताए। 

“आज तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ”, उनले भने, “त्यसका लागि छलफल भइरहेको छ ।” बुधवार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

अहिले लुम्बिनी प्रदेशमा १३ मन्त्रालय छन् । यसलाई घटाउने गरी छलफल भइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ